NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

२० मिनेटमा २ लिटर पानी पिउँदा महिलाको ज्यान गयो !

काठमाडौं। २० मिनेटभित्रमा २ लिटर पानी पिउँदा अमेरिकामा एक महिलाले ज्यान गुमाउनु परेको छ ।

एश्ले समर्स नामकी ३५ वर्षकी यी महिला आफ्ना श्रीमान्, ८ र ३ वर्षका दुई छोरीसँग दुई दिनका लागि विकेन्डमा गएकी थिइन् । उक्त समयमा उनले गर्मी धेरै भएका कारण २० मिनेटमा २ लिटर पानी पिएकी थिइन् ।

यति पानी पिएपछि एश्ले अचानक ढलिन्, त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो र आइसियुमा भर्ना गरियो । तर उनलाई बचाउन भने सकिएन। अस्पतालले एश्लेको अचानक मृत्युको कारण वाटर टक्सिसिटी बतायो ।

वाटर टक्सिसिटीको समस्या हुन त निकै दुर्लभ मानिन्छ । कम समयमा धेरै पानी पिउँदा यसमा भएका इलेक्ट्रोलाइट्स रगतमा घोलिने गर्छ । यसका लक्षणहरु, मानिसलाई बान्ता हुने, टाउको दुख्ने हुन्छ । यसका साथै भ्रमित हुने, थकाइ लाग्नेलगायतका समस्या पनि देखिन्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष