२० मिनेटमा २ लिटर पानी पिउँदा महिलाको ज्यान गयो !
काठमाडौं। २० मिनेटभित्रमा २ लिटर पानी पिउँदा अमेरिकामा एक महिलाले ज्यान गुमाउनु परेको छ ।
एश्ले समर्स नामकी ३५ वर्षकी यी महिला आफ्ना श्रीमान्, ८ र ३ वर्षका दुई छोरीसँग दुई दिनका लागि विकेन्डमा गएकी थिइन् । उक्त समयमा उनले गर्मी धेरै भएका कारण २० मिनेटमा २ लिटर पानी पिएकी थिइन् ।
यति पानी पिएपछि एश्ले अचानक ढलिन्, त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो र आइसियुमा भर्ना गरियो । तर उनलाई बचाउन भने सकिएन। अस्पतालले एश्लेको अचानक मृत्युको कारण वाटर टक्सिसिटी बतायो ।
वाटर टक्सिसिटीको समस्या हुन त निकै दुर्लभ मानिन्छ । कम समयमा धेरै पानी पिउँदा यसमा भएका इलेक्ट्रोलाइट्स रगतमा घोलिने गर्छ । यसका लक्षणहरु, मानिसलाई बान्ता हुने, टाउको दुख्ने हुन्छ । यसका साथै भ्रमित हुने, थकाइ लाग्नेलगायतका समस्या पनि देखिन्छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया