सावधान! टोखामा सार्वजनिकस्थलमा धूमपान गरे कारबाहीमा परिएला

काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ ।
टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिनुभयो ।
नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् ।
ताजा अपडेट
-
त्रिपालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
-
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको खागसहित तस्कर पक्राउ
-
अमेरिकाका चर्चित कूटनीतिज्ञ किसिन्जरको १०० वर्षको उमेरमा निधन
-
बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण
-
कोप-२८ सम्मेलन आजदेखि, एक सय ६० भन्दा बढी मुलुकका नेता दुबईमा
प्रतिक्रिया