NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बियर कति पिउँने ? के फाइदा हुन्छ ?

काठमाडौं ।  बियर पिउनु हुन्छ ? हुन त बियर पनि मद्यपान भित्रै पर्छ । मद्यपान गर्नु स्वास्थ्य र समाजकै लागि राम्रो मानिदैन ।

तर पनि मानिसहरु बियर पिउछन् । मद्यापान गर्नु राम्रो नभए पनि सिमित मात्रामा बियर पिउनुका केहि फाइदा पनि छन् । तर कति मात्रामा पिउने त ? के छन् यसका फाइदा ? आउनुहोस् चर्चा गरौँ ।

पोषण विज्ञहरुले वियरको सन्तुलित मात्रा स्वास्थ्यका लागि लाभदायक हुने बताएका छन् । विज्ञहरुका अनुसार दैनिक ३ सय ५५ मिलिलिटर सम्म बियर सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

बियर निकै सुलभ तथा लोकप्रिय पेय पदार्थ हो । विश्वमा वर्षेनी अरबौँ लिटर बियर खपत हुने गरेको तथ्यले पनि यसलाई पुष्टि गर्छ ।

सन् २०११ मा अमेरिकामा भएको एक अनुसन्धानले बियरको नियमित सेवनले रगतमा एचडीएल अर्थात् असल कोलेस्टेरोलको मात्रा बढाउने तथा एलडिएल अर्थात् खराब कोलेस्टेरोलको मात्रा घटाउने देखाएको थियो ।

अमेरिकाको हार्वार्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार बियरको नियमित तथा सन्तुलित सेवनले रक्तनलीको रोगव्याधीको जोखिम समेत कम गर्छ ।

बियरको सेवनले मुटुरोगको जोखिम समेत कम गराउँछ ।

बियरको सेवनले मृगौलामा पत्थरीको जोखिम पनि कम गर्छ ।

बियरमा पानीको मात्रा धेरै हुने र यसले मूत्रप्रणालीमा पार्ने प्रभावका कारण यस्तो हुने मत अनुसन्धानकर्ताहरुको छ ।

यसमा हुने यौगिकले हड्डीबाट क्याल्सियम निस्कने दर घटाउँछ । त्यस्तो क्याल्सियमले मृगौलामा पत्थरी बनाउने काम गर्छ ।

बियरले रक्तनलीमा रगत जम्ने समस्यालाई समेत रोक्छ । यसले शरीरको लिपिड तथा फाइब्रिनोजिन जस्तोे रक्तप्रवाहसँग सम्बन्धित प्रोटिनमा सकारात्मक प्रभाव पार्छ ।

बियरको सेवनले हड्डी मजबुत पार्न सहयोग गर्छ । यसमा सिलिकन तत्व पाइन्छ जसले हड्डीमा लवण तत्वको घनत्व वृद्धि गर्दै हाडलाई टुट्नबाट जोगाउँछ । जौ बाट बनेको बियर हड्डीको लागि सबैभन्दा उपयुक्त पाइन्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष