आइएससीको नक्कली सर्टिफिकेट बनाएर एमबिबिएस पढ्दै गरेका एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सप्तरीको राजविराजका एक जनालाई बिहीबार राती पक्राउ गरेको जनाएको छ ।
उनलाई आइएससी पासको नक्कली प्रमाणपत्र बनाएको आरोप लागेको छ ।
ती विद्यार्थीले काठमाडौंको जेभियर इन्टरनेशनल सेकेन्डरी स्कुलबाट आइएस्सी पासको प्रमाणपत्र बनाएको बताइएको छ ।
उनी चितवन मेडिकल कलेजमा एमबिबिएसको अन्तिम सेमेस्टर पढ्दै थिए ।
सीआईबीले उनको थप विवरण भने सार्वजानिक गरेको छैन।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया