चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न वर्तमान उपाध्यक्षसहित ९ जनाले दिए आवदेन
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ९ जनाले आवदेन दिएका छन् ।
आयोगले बिहीबार जारी गरेको सुचनामा उपाध्यक्ष बन्न वर्तमान उपाध्यक्ष श्रीकृष्ण गिरीसहित ९ जनाले आवेदन दिएको जनाएको छ ।
आवेदन दिनेहरुमा वर्तमान उपाध्यक्ष गिरीसहित, डा.संगीता सिंह भण्डारी, डा.सुमनकुमार श्रेष्ठ, डा. पियुस दाहाल, डा. प्रविण मिश्र, डा.विद्याननिधि पौडेल, रहेका छन् ।
यस्तै डा.प्रमोदकुमार यादव, डा.अन्जनीकुमार झा र डा.मनेनप्रसाद गोर्खालीले पनि आवेदन दिएको आयोगले जनाएको छ ।
उम्मेदवारहरुलाइ भदौ १७ र १८ गते अन्तरवार्ता प्रस्तुतिकरणका लागि बेलाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया