सिंगापुरद्वारा नेपाललाई १४६ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी- २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सष्य ४५ रन बनाउन सक्यो ।
सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाए । त्यस्तै आर्यवीर चौधरीले ३७, तथा मनप्रित सिंहले २४ रन बनाए ।
नेपाली बलर अविनाष बोहराले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई—दुई विकेट हात चट्काए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया