NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सिंगापुरविरुद्ध १४६ रनको लक्ष्य पछ्याएको नेपालले कटायो ११ ओभरमै १ सय रन

काठमाडाैं । आईसीसी टी २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत सिंगापुरविरुद्ध नेपालले १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १ सय रन पुरा गरेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । नेपालले ११ औँ ओभरमा १ विकेट गुमाएर १ सय रन कटाएको हो ।

नेपालले आफ्नो पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाएको थियो । उनले २७ बलमा २६ रन बनाएर आउट भए ।

यस्तै नेपालका ओपनर ब्याट्स्म्यान कुशल भुर्तेलले सिंगापुरविरुद्ध अर्ध सतक प्रहार गरेका छन् । १३ औँ ओभरको खेल चलिरहँदा कुशलले ६५ रन बनाएका छन् ।

यस्तै कप्तान रोहित पौडेलले पनि १३ बलमा २५ रन जोडेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष