सिंगापुरविरुद्ध १४६ रनको लक्ष्य पछ्याएको नेपालले कटायो ११ ओभरमै १ सय रन
काठमाडाैं । आईसीसी टी २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत सिंगापुरविरुद्ध नेपालले १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १ सय रन पुरा गरेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । नेपालले ११ औँ ओभरमा १ विकेट गुमाएर १ सय रन कटाएको हो ।
नेपालले आफ्नो पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाएको थियो । उनले २७ बलमा २६ रन बनाएर आउट भए ।
यस्तै नेपालका ओपनर ब्याट्स्म्यान कुशल भुर्तेलले सिंगापुरविरुद्ध अर्ध सतक प्रहार गरेका छन् । १३ औँ ओभरको खेल चलिरहँदा कुशलले ६५ रन बनाएका छन् ।
यस्तै कप्तान रोहित पौडेलले पनि १३ बलमा २५ रन जोडेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया