NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

मेसीले आठौँ पटक जिते पुरुषतर्फको बालोन डे’ओर अवार्ड

काठमाडौं । अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् ।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डे’ओर अवार्ड जितेका हुन् ।

गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा उनलाई सो अवार्डले सम्मान गरिएको हो ।

मेस्सीले भने, ‘विश्वकप जित्न सक्षम हुँदै मेरो सपना पूरा गरेर यस क्षणको मजा लिन यहाँ आउन पाउँदा खुसी लागेको छ ।’

सन् २००९ मा आफ्नो पहिलो बालोन डे’ओर जितेका मेस्सीले गत वर्षको अन्त्यमा अर्जेन्टिनाको विश्वकप जितेको अभियानमा कप्तानी गरेपछि यस वर्षको अवार्ड जिते, जुन इन्टर मियामी स्टारको करियरको अहिलेसम्मकै ठूलो उपाधि हो।

त्यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन् । २५ वर्षीय बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो । उनले पहिलो पटक यो अवार्ड जितेकी हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष