विश्वकप क्रिकेटः पाकिस्तान र बंगलादेश भिड्दै, कसले जित्ला?

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकपमा मंगलबारदेखि सुरु हुन लागेको सातौँ चरणको पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्दै छन् ।
खेल भारतको कोलकातास्थित इडेन गार्डेन स्टेडियममा नेपाली समय अनुसार, दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा यी दुवै टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।
दुवै टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कम छ । पाकिस्तानले हालसम्म खेलिएको ६ मध्ये चार खेलमा हार भोगेको छ । दुई खेलमा मात्र जित हात पारेको पाकिस्तान चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।
बंगलादेशले भने यसअघि खेलिएको ६ मध्ये एक खेलमा मात्र जित हासिल गरेको छ । बाँकी पाँच खेलमा बंगलादेशले पराजय ब्यहोरेको छ । बंगलादेशी टोली दुई अङ्कसहित तालिकाको नवौँ स्थानमा छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया