NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मलेसियाले दियो नेपाललाई १६६ रनकाे लक्ष्य

काठमाडाैं । टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको फाइनल छनोटमा मलेसियाले नेपाललाई १६६ रन लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

मलेसियाका लागि ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ तथा अर्का ओपनर जुबैदी जुल्किफले २४ रन बनाए । सरविन मुनिन्डीले १३ रन बनाउदा मुहम्मद अमिरले ८, स्याजरुल इद्रुसले ७ तथा फित्री शामले ६ रन जोडे ।

यस्तै कप्तान अहमद फाइज र अइनुल हाफिजले समान ३ ३ रन बनाउदा विरनदिप सिंहले ४ रन जोडे । मलेसियाले अतिरिक्त रूपमा १६ रन पाएको थियो ।

नेपाली बलर अविनाश बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक–एक विकेट चट पारे ।

ताजा अपडेट

नेपालवाच विशेष