NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेपाललाई बलिङको निम्तो, टिममा फर्किए दीपेन्द्रसिंह ऐरी

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङको निम्तो पाएको छ ।

शुक्रबार मुलपानी मैदानमा हुने खेलमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । समूह ‘ए’ अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै उपविजेता बनेपछि नेपालले मुलपानी मैदानमा खेल्नु पर्ने भएको हो ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका थिए।

आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।

एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष