सुपर ओभरमा विजयी भयो ओमान

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटको विजेता ओमान भएको छ ।
नेपाल र ओमानबीचको फाइनल बराबरीमा टुङ्गिएको पछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले जम्मा १० रन बनायो ।
अन्तिम ओभरमा ८ रन आवश्यक भएकोमा ओमानले तीन विकेट गुमाएर सात रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
सुपर ओभरमा नेपाल चुकेसँगै ओमानको जीत भएको छ ।
प्रतिक्रिया