गंगालाल अस्पतालले माग्यो सर्जनदेखि प्रशासनसम्मका कर्मचारी
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्थायी सेवाको लागि सर्जनदेखि प्रशासनसम्मका कर्मचारी माग गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्वारा उक्त पदपूर्ति गरिने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १४ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्तको लागि केन्द्रको वेवसाइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ।


ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया