आजदेखि यू-१९ एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै
काठमाडौं । युएईमा आजदेखि यू-१९ एसिया कप क्रिकेट सुरू हुँदैछ।
८ देश सहभागी यू-१९ कप क्रिकेटको पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् । दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन् ।
अर्को खेल भारत र अफगानिस्तानबीच हुनेछ।
समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।
नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू-१९ एसिया कपलाई तयारीको रुपमा लिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया