NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्दै नेपाल

काठमाडौं । यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ।

नेपाली समय अनुसार बिहान सवा ११ बजे नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ ।

समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अगफानिस्तानलाई ७३ रनको नतिजा सुम्पिएको थियो ।

प्रतियोगिताबाट नेपाल लगभग बाहिरिसकेको छ । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ । दुवै हारले नेपालको नेट रनरेट समेत ऋणात्मक छ ।

यू-१९ क्रिकेटमा नेपाल र भारतबीच पछिल्लो पाँच खेलमा भारतले चार खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ ।