समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्दै नेपाल
काठमाडौं । यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ।
नेपाली समय अनुसार बिहान सवा ११ बजे नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ ।
समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अगफानिस्तानलाई ७३ रनको नतिजा सुम्पिएको थियो ।
प्रतियोगिताबाट नेपाल लगभग बाहिरिसकेको छ । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ । दुवै हारले नेपालको नेट रनरेट समेत ऋणात्मक छ ।
यू-१९ क्रिकेटमा नेपाल र भारतबीच पछिल्लो पाँच खेलमा भारतले चार खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया