भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवशीय शृंखला
काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक खेलमा बिहीबार भारत ७८ रनले विजयी भयो ।
भारतले दिएको २९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.५ ओभरमा २१८ रनमै अलआउट भयो।
पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९६ रन जोड्यो । सन्जु सामसनले एक सय ८, तिलक वर्माले ५२ र रिंकु सिंहले ३८ रन बनाए। सन्जुले एक सय १४ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। उनले चौथो विकेटका लागि तिलकसँग एक सय १३ रनको साझेदारी गरेका थिए ।
दक्षिण अफ्रिकाका लागि टोनी जोर्जीले ८१ रन जोडे र ऐडेन मक्रमले ३६ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
बलिङमा भारतका अर्शदिप सिंहले ४ विकेट लिए तथा आभेश खान र वासिङ्टन सुन्दरले २/२ विकेट लिए ।
शृंखलाअन्तर्गत पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया