NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

यस वर्षको ‘स्टार्ट अप अफ द इयर’ अवार्ड ‘हाम्रो पात्रो हेल्थ’लाई

काठमाडौं । यस वर्षको स्टार्ट अप अफ द इयरको अवार्ड हाम्रो पात्रो हेल्थले प्राप्त गरेको छ ।

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाइईएफ नेपाल फेष्ट २०२३ मा उक्त अवार्ड हाम्रो पात्रोकै उत्पादन रहेको हाम्रो पात्रो हेल्थले प्राप्त गरेको हो ।

हाम्रो पात्रो हेल्थमार्फत घरमै बसेर मेडिकल काउन्सीलमा आबद्ध चिकित्सकहरुसँग अडियो तथा भिडियो कलमार्फत सेवा लिन सकिन्छ । हाम्रो पात्रोले सन् २०२१ मा सुरु गरेको यो टेलिमेडिसिन सेवामार्फत हालसम्म १० हजारजनाले सेवा लिइसकेका छन् ।

टेलिमेडिसिनबाटै परेको सकारात्मक असरलाई मध्येनजर गरेर हाम्रो पात्रो हेल्थलाई यस अवार्डबाट सम्मानित गरिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले यो अवार्ड प्रदान गरेका थिए । उक्त कार्यक्रममार्फत मन्त्री रिजालले कार्यविधि बनाएर स्टार्टअप उद्यमीहरुलाई ३ प्रतिशत ब्याजमा २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने गरी कानुनी व्यवस्था मिलाउने आश्वासन दिए ।