यू–१९ विश्वकप क्रिकेट– नेपाल र पाकिस्तान आज भिड्दै
काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको नेपालले पाकिस्तानसँग आज प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल बुधबार दिउँसो १ः४५ बजेका लागि तय छ ।
पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले हार व्यहोरेको नेपाल पाकिस्तानलाई हराउँदै पराजित श्रृंखला टुटाउन चाहन्छ । त्यसैले न्युजिल्याण्डसँगको प्रतिस्पर्धामा देखिएका कमजोरी सच्याउने नेपालको रणनीति छ ।
उता, पाकिस्तान भने लगातार दोस्रो जीतको दाउमा छ । यसअघि पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
समूह ‘डी’मा नेपालसहित चार मुलुक छन् । जसमा न्युजिल्याण्ड दुई खेलमा जित निकाल्दै ४ अंक हासिल गरेर शीर्ष स्थानमा छ भने एक खेल जितेको पाकिस्तान २ अंकका साथ दोस्रो स्थानमा छ ।
नेपाली टिम ः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’, उत्तम थापा मगर, विपीन रावल, तीलकराज भण्डारी र आकाश चन्द।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया