NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

यू-१९ विश्वकप : नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

दक्षिण अफ्रिकमा भएको खेलमा १७० रनको मध्यम लक्ष्य पछ्याएको बंगलादेशले नेपाललाई पाँच विकेटले पराजित गरेको हो ।

बंगलादेशले उक्त लक्ष्य २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।

बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिसानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए । उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए । नेपालका लागि स्पिनर सुभास भण्डारीले ५ विकेट लिए ।

यसअघि दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए । उनले एक सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरेका थिए । यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए ।

बङ्गलादेशका लागि रहमत ब्रोसनले चार विकेट लिए बने शेख परवेज जीवनले तीन विकेट झारे । क्वाल इमोन र मारुफ मृदले समान एक÷एक विकेट लिए । अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।