यू–१९ विश्वकप : सुपर सिक्सका खेल सकिए, सेमिफाइनल फेब्रुअरी ६ देखि

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्सका खेल सकिएका छन् ।
सुपर सिक्सबाट सेमिफाइनलमा प्रवेश पाउने चार देश छनोट भएका छन् ।
सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान तथा समूह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका हुन् । खराब प्रदर्शन गरेको नेपाल भने सुपरसिक्सबाटै बाहिरिसकेको छ ।
अब सेमिफाइनल खेल फेब्रुअरी ६ र ८ तारिखमा हुनेछ । सेमिफाइनलको पहिलो खेलभारत र दक्षिण अफ्रिकाबीच हुनेछ भने दोस्रो खेलमा पाकिस्तानले अस्ट्रेलियाको सामना गर्नेछ ।
१६ देश सहभागी प्रतियोगिताको सेमिफाइनल खेलबाट दुई देश फाइनलमा प्रवेश गर्नेछन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया