क्यानडाविरुद्ध नेपाल : कुशल भुर्तेलको अर्धशतकमा २२५ रनको लक्ष्य
काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गतको जारी पहिलो खेलमा नेपालले क्यानडासामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदा २२४ रन जोड्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दै ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे। त्यस्तै, आरिफ शेखले दोस्रो सर्वाधिक ३८ रनको योगदान गरे ।
कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्। यस्तै भीम सार्की १७ रन र कुशल मल्लले पनि २० बनाउँदै आउट भए ।
पवन सर्राफ पनि १५ रन जोड्दा आउट भए भने सोमपाल कामीले २७ रनको योगदान दिए जुन नेपालका लागि महत्वपूर्ण सावित भयो। ४९ ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे।
नेपाली टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका रिजन ढकाल अन्तिम ओभरमा ४ रनमा आउट भए भने सूर्य तामाङ १० रनमा नटआउट रहे।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया