क्यानडाविरुद्ध नेपाल : कुशल भुर्तेलको अर्धशतकमा २२५ रनको लक्ष्य

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गतको जारी पहिलो खेलमा नेपालले क्यानडासामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदा २२४ रन जोड्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दै ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे। त्यस्तै, आरिफ शेखले दोस्रो सर्वाधिक ३८ रनको योगदान गरे ।
कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्। यस्तै भीम सार्की १७ रन र कुशल मल्लले पनि २० बनाउँदै आउट भए ।
पवन सर्राफ पनि १५ रन जोड्दा आउट भए भने सोमपाल कामीले २७ रनको योगदान दिए जुन नेपालका लागि महत्वपूर्ण सावित भयो। ४९ ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे।
नेपाली टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका रिजन ढकाल अन्तिम ओभरमा ४ रनमा आउट भए भने सूर्य तामाङ १० रनमा नटआउट रहे।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया