नेपालविरुद्ध ब्याटिङ गर्दै क्यानडा, आकाशको डेब्यु
काठमाडौं । एकदिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो ।
क्यानडाविरुद्धको खेलमा नेपालका १९ वर्षीय आकाश चन्दले डेब्यु गरेका छन् । उनले ललितनारायण राजवंशीको स्थान लिँदै आजको खेलमा डेब्यु गरेका हुन् ।
चन्द नेपाली सिनियर टोलीबाट एकदिवसीय खेल खेल्ने ४०औँ खेलाडी बनेका छन् । उनलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शरद भेषावकरले ‘क्याप’ दिए । आइसिसी यु–१९ विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि चन्द सिनियर टोलीमा स्थान बनाउन सफल भएका हुन् ।
क्यानडाविरुद्धको दोस्रो खेलमा नेपाली टोलीमा चन्दसँगै रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ र अनिलकुमार साह रहेका छन् ।
क्यानडाले केहीबेर अघिसम्मको खेलमा सात ओभरमा बिनाकुनै विकेट ४० रन बनाएको छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया