माल्दिभ्सविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा नेपाली महिला टोलीले माल्दिभ्सविरूद्ध कीर्तिमानी जित निकालेको छ।
२२८ रनको लक्ष्य लिएर मैदान आएको माल्दिभ्स १३.५ ओभरमा सबै विकेट गुमाउँदै १३ रनमा समेटियो । नेपाली महिला क्रिकेटको इतिहासमै यो अहिलेसम्मको फराकिलो जित हो। जितसँगै नेपाल समूह ‘डी’ को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । माल्दिभ्सकी सुमय्या बिन्थ अहमिदले बनाएको ५ रन नै सर्वाधिक धेरै रन बन्न पुग्यो र यस्तै नबा बिन्थु नसिमले २, हब्सा अब्दु्लाहले २/२ रन जोडे । माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए ।
नेपालको तर्फबाट अस्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । यस्तै पूजा महतो र रुविना क्षेत्रीले ३/३ विकेट लिए ।
नेपाललाई कीर्तिमानी जित दिलाउन रूबिना क्षेत्रीको शतक र पुजा महतोको अर्धशतकमा नेपालले माल्दिभ्सलाई २२८ रनको लक्ष्य दिएको थियो। नेपाली महिला टिमका लागि एकै खेलमा सर्वाधिक स्कोरको रेकर्ड समेत रुबिनाले आफ्नो नाममा लेखाएकी छन्। रुविनाले ५४ बलमा शतक पूरा गरेकी हुन् ।
यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलमा नेपालकी सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया