विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपालले नामिबियासँग आज प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाबीचको पहिलो खेल अहिले बिहान ९ः३० बजे त्रिवि क्रिकेट मैदानमा हुने तय छ ।
नेपाल आफ्नो पहिलो खेलमा जित निकालेर सुखद् सुरुवात गर्न चाहन्छ । त्यसो त, नेपालले घरेलु मैदानमा भएको ओडिआई खेल पछिल्लो एक वर्षदेखि हारेको छैन । घरेलु मैदान, दर्शकको साथ र ओडिआई खेलमा हासिल गरेको लगातार जितका कारण नेपालको मनोबल उच्च छ ।
नामिबिया पनि पहिलो खेलमै जितको खाता खोल्ने दाउमा छ ।
नेपाल र नामिबियाबीच हालसम्म ६ ओडिआई खेल भएका छन् । जसमध्ये नेपालले २ खेल जितेको छ भने ३ हारेको छ । एक खेल भने वर्षाका कारण नतिजाविहीन रह्यो ।
२०२७ सम्म चल्ने लिग–२ मा नेपाल, नामिबिया, नेदरल्याण्ड्ससहित ८ देशको सहभागिता रहनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।
आजको खेलमा प्रमुख अलराउण्डर दीपेन्द्र सिंह ऐरी भने सहभागी हुनेछैनन् । लिग टी–२० का कारण उनले आजको खेल गुमाउन लागेका हुन् । उनको स्थानमा नेपालले पवन सर्राफलाई उतार्ने सम्भावना छ ।
रोहित पौडेल कप्तान रहने गरी घोषणा गरिएको नेपाली टिममा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया