लिग–२ : नामिबियाले टस जित्यो, ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा हुन गइरहेको खेलमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले आजको खेलमा अनिल कुमार शाहलाई मौका दिएको छ । शाहले मौका पाउँदा आरिस शेख र देव खनाल भने बेन्चमा रहनेछन् ।
नेपाल पहिलो खेलमै जित निकालेर सुखद् सुरुवात गर्न चाहन्छ ।
२०२७ सम्म चल्ने लिग–२ मा नेपालसहित ८ टोली सहभागी हुनेछन् । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्स समेटिएका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया