लिग–२ : नामिबियाले टस जित्यो, ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा हुन गइरहेको खेलमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले आजको खेलमा अनिल कुमार शाहलाई मौका दिएको छ । शाहले मौका पाउँदा आरिस शेख र देव खनाल भने बेन्चमा रहनेछन् ।
नेपाल पहिलो खेलमै जित निकालेर सुखद् सुरुवात गर्न चाहन्छ ।
२०२७ सम्म चल्ने लिग–२ मा नेपालसहित ८ टोली सहभागी हुनेछन् । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्स समेटिएका छन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया