नेपाल ‘ए’ र क्यानडा–११ बीच आज निर्णायक खेल
काठमाडौं । नेपाल ‘ए’ र क्यानडा–११ बीच तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज निर्णायक खेल हुँदैछ ।
खेल अहिले बिहान साढे ९ बजे मुलपानी क्रिक्रेट मैदानमा हुने तय छ ।
यसअघि नेपाल ‘ए’ र क्यानडाबीच दुई खेल भएकोमा दुवैले १÷१ खेल जितेका थिए । आज टिमले खेल पोल्टामा पार्छ उसैले सिरिज जित्नेछ । त्यसैले दुवै टिम आज जितको खोजीमा हुनेछन् ।
नेपाल ‘ए’ टिममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली इतिहासमै पहिलो पटक टिम ‘ए’ बनाएको हो । जसको प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई दिइएको छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया