त्रिकोणात्मक टी–२० आई सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा अहिले बिहान ११ः३० बजे दुई चिरपरिचित टिम आमनेसामने हुन लागेका हुन् ।
यसअघि भएको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहेर फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । त्यसैले नेपाली टिम खेल पक्षमा पार्नुपर्ने दबाबमा आज छ ।
जसरी भए पनि जित निकाल्ने दाउमा रहेको नेपालले आशिफ शेख र सन्दीप जोरालाई आराम दिने सम्भावना छ । यी दुईले विश्राम पाउँदा अनिल शाह र ललित राजवंशीले अवसर पाउनेछन् ।
नामिबियाविरुद्धको यसअघिको खेलमा शेख र जोरा खासै चल्न सकेका थिएनन् । शेख ६ र जोरा ५ रनमै आउट भएका थिए ।
प्रतिक्रिया