अर्धशतक बनाउन चुके आसिफ
काठमाडौं । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।
ओपनर आसिफ शेख अर्धशतक बनाउन ३ रन अघि नै आउट भएका हुन्। उनले ३७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाएर आउट भए ।
यसअघि कप्तान पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका थिए। त्यस्तै नेपालका लागि ओपनर कुशल भुर्तेल १० बलमा २० रन बनाएर आउट भए।
टस जितेर पहिले नेपालले पहिले ब्याटिङ गरिरहेका हो । टियू मैदान, कीर्तिपुरमा नेपालका कप्तान रोहित पौडेलले टस जितेसँगै नेपाल पहिले ब्याटिङ गरिरहेको छ। नेपालले यसअघिको नेदरल्यान्ड्स विरुद्धको खेलमा रहेको टोलीमा कुनै परिवर्तन गरेको छैन।
नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि हत्याउने लक्ष्यमा रहँदा डच टोली भने नेपालको मैदानमा पहिलो उपाधिको लक्ष्यमा रहेको छ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया