नेपाललाई चार विकेटले हराउँदै नेदरल्यान्ड्सले जित्यो टी–२० शृंखलाको उपाधि

काठमाडौं । घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै नेदरल्यान्ड्सले टी–२० आई त्रिदेशीय सिरिजको उपाधि हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको हो। जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टाएको हो।
नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।
खेलमा कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया