NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नेपाल आज भारतको बरोडासँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले आज भारतको बरोडासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा गुजरातलाई ८ विकेटले परास्त गरेको नेपालले मंगलबार दिउँसो २ः४५ बजे बरोडासँग खेल्न लागेको हो ।

नेपाल आजको खेल आफ्नो पोल्टामा पारेर जितको सिलसिलालाई यथावत् राख्न चाहन्छ । उता बरोडा पहिलो जितको खोजीमा हुनेछ ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।