विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी महिना अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्रिकेट संघ नेपालले बुधबार टोली टुंगो लगाएको हो ।
टोलीमा युवा खेलाडीहरु कमलसिंह ऐरी र सागर ढकालले समेत स्थान बनाएका छन् ।
कप्तान रोहित पौडेल नेतृत्वको टोलीमा आसिफ सेफ, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, ललित राजबंशी,सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा समेत छन् ।
विश्वकप क्रिकेट आगामी १ जुनदेखि सुरु हुँदैछ। २० टिम सहभागी हुने विश्वकपमा अन्तिम टोली घोषणा गर्ने बुधबार अन्तिम दिन हो।
टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरु जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया