नेपाल र अमेरिकाको अभ्यास खेल अन्तिममा आएर रद्द
काठमाडौं । नेपाल र अमेरिकाबीच तय टि–२० विश्वकपको अभ्यास खेल वर्षाका कारण अन्तिममा आएर रद्द भएको छ ।
नेपाली समयअनुसार बिहीबार राति ९ः१५ बजे दुई देशबीच खेल हुने तय भएकोमा अमेरिकाले टस जितेर ब्याटिङको तयारी गरेको थियो । तर लगत्तै वर्षा भएपछि खेल अघि बढ्न सकेन । वर्षा रोकिएपछि दोस्रो पटक खेलको तयारी गरिएको थियो । तर फेरि पनि पानी दर्किएपछि खेल रद्द भयो ।
नेपालले यसअघि क्यानडासँग पहिलो वार्मअप खेल खेलेको थियो । जसमा नेपाल ६३ रनको फराकिलो अन्तरमा परास्त भएको थियो ।
टि–२० विश्वकप यही जून १ देखि २९ सम्म अमेरिका र वेस्टइण्डिजमा हुँदैछ ।
नेपालले आफ्नो पहिलो खेल यही जून ४ मा नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल सम्मिलित समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया