विश्वकपको पहिलो खेलमा नेपाल पराजित
काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टि–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्याड्ससँग पराजित भएको छ । केहीबेरअघि मात्रै सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको हो ।
टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १०७ रनको लक्ष्य दिएको थियो ।
कसिलो बलिङका बाबजुद कमजोर फिल्डिङका कारण नेपाल पराजित हुन पुग्यो । १८.४ ओभरमा नेदरल्याड्सले जित हात पारेको हो ।
नेपालले पटक–पटक ब्याच छाड्नुका साथै रनआउटको मौका गुमाएका थियाे । नेपालका लागि सोमबार कामी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले १–१ विकेट लिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया