अस्ट्रेलिया ५ विकेटले विजयी, स्कट्ल्याण्ड बाहिरियो

काठमाडौं । निकै विस्फोटक ब्याटिङ गरेर अस्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको स्कटल्याण्ड बलिङमा सम्हालिन नसक्दा ५ विकेटले पराजित भएको छ । योसँगै स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ भने अस्ट्रेलिया सुपर–८ मा पुगेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा १८१ रनको लक्ष्य पछ्याएको अस्टेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा त्यसलाई भेट्याएर १८६ रन बनायो ।
अस्ट्रेलियाका लागि ओपनर ट्रविस हेडले सर्वाधिक ६८ रन बनाए । उनले ५ चौका र ४ छक्का हान्दै अस्ट्रेलियालाई जिततर्फ डोहो–याए ।
त्यस्तै, मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्कासहित ५९, ग्लेन म्याक्सवेलले ११ र टिम डेविडले २४ रन जोडे ।
यस क्रममा स्कटल्यान्डका स्पिनर मार्क वाटले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिँदा सफ्यान सरिफले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट झारे । ब्राड ह्विलले १ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।
स्कटल्याण्डका लागि अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । जर्ज मुन्शेले २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोडे भने ओपनर माइकल जोन्स २ रनमै आउट भए । त्यसपछि जर्ज मुन्शे र ब्रेन्डन म्याकमुलेनबीच ४८ बलमा साझेदारी चल्यो । जसमा उनीहरूले ८९ रन बनाए ।
कप्तान रिची बेरिंग्टनले ४२ रन, म्याथ्यु क्रसले रनको योगदान दिए । यसबाहेकका अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।
अष्ट्रेलियाका लागि म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिँदा एस्टन अगर, नाथन एलिस र एडम जाम्पाले समान १–१ विकेट लिए ।
ब्याटिङमा निकै जमेको स्कटल्याण्डले बलिङ र फिल्डिङमा मध्यतिर गएपछि लय गुमायो । स्कट्ल्याण्डको बलिङ र फिल्डिङ भत्किँदा अस्ट्रेलिया त्यसको मौका छोप्दै चौका र छक्का वर्षा गराउन सफल भयो । जसले स्कटल्याण्डलाई विश्वकपबाट घर फर्काइदिएको छ ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया