NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएर अघि बढेको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाएर २१ रनले पराजित भएको हो ।

निकै कसिलो बलिङ गरेर सहज लक्ष्य पाएको नेपालसँग बंगलादेशमाथि ऐतिहासिक जित निकाल्ने मौका थियो । तर ब्याटिङमा चल्न नसक्दा नेपाल ८५ रनमै समेटियो ।

योसँगै नेपाल टी–२० विश्वकपमा जितविहीन बनेको छ । श्रीलंकासँग मौसमका कारण अंक बाँडेको नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरेको नेपालले १ रनको पीडादायी हार व्यहोरेको थियो । आजको खेलमा त्यसलाई बिर्साउने अवसर भए पनि नेपालले त्यसको सदुपयोग गर्न सकेन ।

नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन जोडेर आउट भए ।

ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेलले ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १/१ रनमा आउट भए ।

गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा पनि आजको खेलमा चल्न नसकेर शून्य रनमै आउट भए ।

बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट, मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट, सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए ।