वेस्ट इन्डिजसँग इंग्ल्याण्ड ८ विकेटले विजयी
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको खेलमा इंग्ल्याण्डले वेस्ट इन्डिजमाथि सहज जित हात पारेको छ ।
वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछ्याउँदै अघि बढेको इंग्ल्याण्डले १७.३ ओभरमा मात्रै २ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो ।
इंग्ल्याण्डका लागि ओपनर फिल साल्टले ८७ रनको योगदान दिए भने जोनी बेयरस्टो अविजित रहँदै ४८ रन जोडे । त्यस्तै जस बटलरले २५ र मोइन अलीले १३ रन बनाए ।
यसक्रममा वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक–एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८ र किकोलस पुरनले ३६ रनको योगदान दिए । त्यस्तै, रोभम्यान पावेलले ३६, ब्रेन्डन किङले २३, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।
इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले समान एक/एक विकेट लिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया