बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर–८ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ । वर्षाले निर्धारित २० ओभरको खेल ११.२ ओभरबाट अघि बढ्न नसकेपछि डिएलएस पद्धतिका आधारमा अस्ट्रेलियालाई विजयी घोषित गरिएको हो ।
पहिले टस हारेर ब्याटिङ सम्हालेको बंगलादेशले अस्ट्रेलियालाई १४१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई अस्ट्रेलियाले सहज ढंगले पछ्याइरहेका बेला दुई पटक वर्षाले खेल अवरुद्ध बनेको थियो । पहिलो पटकको वर्षा रोकिएपछि खेल सुरु भए पनि ११.२ ओभरमा फेरि पानी परेर खेल अवरुद्ध भयो । वर्षा अन्त्यपछि बाँकी खेल खेलाउने तयारी गरिए पनि वर्षा नरोकिएपछि डिएलएस विधिबाट अस्ट्रेलियालाई विजय घोषित गरिएको हो ।
अष्ट्रेलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन बनाएको थियो । त्यसलाई पछ्याएर अघि बढेको अस्ट्रेलियाले ११.२ ओभरमा मात्रै दुई विकेट गुमाएर १०० रन जोडेको थियो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया