विश्वकपमा अफगानिस्तानको सनसनीः अष्ट्रेलियामाथि सानदार जित
काठमाडौं । टी–२० विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियालाई हराएको छ । सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियामाथि २१ रनले हराएको हो ।
पहिलो ब्याटीङ गरेको अफगानिस्तानले १४९ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया १२७ रनमै अलआउट भएको हो । अष्ट्रेलियामाथि अफगानिस्तानको पहिलो जित हो ।
यो हारसँगै अष्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन बनेको छ । अब सुपर ८ मा उसको अन्तिम खेल भारतविरुद्ध सोमबार छ । सो खेल उसले जित्नैपर्ने हुन्छ ।
साथै अफगानिस्तानको पनि सेमिफाइनल सम्भावना बढेको छ । उसको अर्काे खेल बंगलादेशविरुद्ध छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया