विश्वकपमा अफगानिस्तानको सनसनीः अष्ट्रेलियामाथि सानदार जित

काठमाडौं । टी–२० विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियालाई हराएको छ । सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियामाथि २१ रनले हराएको हो ।
पहिलो ब्याटीङ गरेको अफगानिस्तानले १४९ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया १२७ रनमै अलआउट भएको हो । अष्ट्रेलियामाथि अफगानिस्तानको पहिलो जित हो ।
यो हारसँगै अष्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन बनेको छ । अब सुपर ८ मा उसको अन्तिम खेल भारतविरुद्ध सोमबार छ । सो खेल उसले जित्नैपर्ने हुन्छ ।
साथै अफगानिस्तानको पनि सेमिफाइनल सम्भावना बढेको छ । उसको अर्काे खेल बंगलादेशविरुद्ध छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया