अफगानिस्तासँग हारसँगै अष्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन
काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आइसिसी टी–२० क्रिकेट विश्वकपमा अफगानिस्तानसँग पराजित भएपछि अष्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन बनेको छ । सेमिफाइनल पुग्न अष्ट्रेलियाले आगामी खेलमा भारतलाई हराउनैपर्ने छ भने अरुको खेलमा समेत भर पर्नुपर्ने हुन्छ ।
सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियामाथि २१ रनले हराएको हो ।
पहिले ब्याटीङ गरेको अफगानिस्तानले १४९ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया १२७ रनमै अलआउट भयो । अष्ट्रेलियामाथि यो अफगानिस्तानको पहिलो ऐतिहासिक जित हो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल बाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा उसले लज्जास्पद हार बेहोरेको छ । अफगानिस्तानका लागि गुलाबदिन नैबले एक्लैले ४ विकेट लिएर २० रन मात्र दिए । अन्य बलरले पनि उत्कृष्ट बलिङ गरे ।
यो जितसँगै अफगानिस्तानको पनि सेमिफाइनल सम्भावना बढेको छ । उसको अर्काे खेल बंगलादेशविरुद्ध छ । उसले बंगलादेशलाई हराउन सकेमा र अष्ट्रेलिया भारतसँग पराजित भएपनि अफगानिस्तान सेमिफाइनल जानेछ । भारत र अष्ट्रेलियाबीचको खेलमा पानीले रद्द भएमा उसको लागि कठिन हुनेछ ।
समूह १ मा भारतले २ खेलमा २ जित निकालेर पहिलो स्थानमा छ । अष्ट्रेलिया र अफगानिस्तानले १–१ जित निकालेका छन् । हाल अष्ट्रेलिया नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया