विश्वकपमा एकैदिन दुई ह्याट्रीक
काठमाडौं । आइसिसी टी–२० विश्वकपमा एकैदिन दुई ह्याट्रीकको रेकर्ड बनेको छ । आइतबार अष्ट्रेलिया र अफगानिस्तानबीचको खेलमा अष्ट्रेलियाका प्याट कुमिन्सले ह्याट्रीक लिएका थिए । आइतबार नै इंल्याण्डका खेलाडी क्रिस जोर्डनले अर्काे ह्याट्रीक लिएका छन् ।
अमेरिकाविरुद्धको खेलमा १९औं ओभरमा उनले ह्याट्रीक गरेका हुन् । अन्तिम ओभरको पहिलो बलमा विकेट लिएका दोस्रो बल डट फालेका थिए । त्यसपछिका तीन बलमा तीन विकेट लिएका हुन् । एकै ओभरमा ह्याट्रीकसहित उनले चार विकेट हात पार्दे अमेरिकालाई अल आउट गरेका हुन् ।
टस हारेर पहिला ब्याटीङ गरेको अमेरिका अन्तिम ६ बलमा पाँच विकेट गुमाउँदै ११५ रनमा अलआउट भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया