NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

रोमाञ्चक खेलमा वेस्ट इन्डिज पराजित, दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं । निकै नै रोमाञ्चक र प्रतिस्पर्धापूर्ण खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई परास्त गरेको छ । योसँगै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनल यात्रा तय गर्न सफल भएको छ ।

पहिले टस जितेर फिल्डिङ रोजेको दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि ३ विकेटको सनसनीपूर्ण जित निकालेको हो ।

वेस्ट इन्डिजको १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित १६.१ ओभरमै लक्ष्य भेट्यायो । यसअघि वेस्ट इन्डिजले जितका लागि १३६ रनको लक्ष्य दिएकोमा वर्षाले खेल प्रभावित भएपछि १७ ओभरमा झारिएको थियो ।

जारी विश्वकपमा दक्षिण अफ्रिकालाई लगातार सातौं जित दिलाउन ट्रिस्टन स्टब्सले सर्वाधिक २९ रन बनाए । उनले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन जोडेका हुन् ।

ओपनर क्विन्टन डि ककले १२, एडेन माक्ररमले १८ र डेविड मिलरले ४ रन जोडे । मार्को यानसनले १४ बलमा १ चौका र १ छक्कासहित २१ बनाउँदा कागिसो रबाडा ५ रनमा अविजित रहे ।

सुरुवातमै लगातार विकेट झर्दा दक्षिण अफ्रिकाको लय त गुमेको थियो नै दबाबसमेत बढेको थियो । तर दक्षिण अफ्रिकाले परिस्थितिलाई नियन्त्रणमा लिँदै जित दर्ज गर्यो ।

वेष्ट इन्डिजका रोस्टन चेशले ३, आन्द्रे रसेल र अल्जारी जोशेफले २/२ विकेट झारे ।

त्यसअघि पहिले व्याटिङ गरेको वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ५२ रन जोडे ।

त्यस्तै, काइल मेयर्सले ३५, एन्ड्रे रुसेलले १५ र जोसेफले ११ रन बनाए । यसबाहेक वेस्ट इन्डिजका अन्य कुनै पनि ब्याटर चल्न सकेनन् ।

साउथ अफ्रिकाका तबरेज शाम्सीले सर्वाधिक ३ विकेट झारे । मार्को जानसेन, एडेन मार्करम, केशव महाराज र कागिसो रबाडाले एक–एक विकेट लिए ।