बंगलादेशमाथि सनसनीपूर्ण जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशमाथि सनसनीपूर्ण जित निकालेको छ । योसँगै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।
११४ रनको लक्ष्य पाएको बंगलादेशलाई १७.५ ओभरमा अलआउट गर्दै अफगानिस्तान ८ रनले विजयी भएको हो ।
निकै नै प्रतिस्पर्धात्मक खेलको सुरुदेखि नै बंगलादेश हाबी भएको थियो । तर खेलको अन्तिमतिर गएपछि बंगलादेश ब्याटिङमा सम्हालिन नसक्दा करिब जित नजिक पुगेर पनि स्तब्ध बन्यो ।
बंगलादेशका ओपनर लिटन दासले अर्धशतक बनाउँदा तौहिद हृदोयले १४ र सौम्यले १० रन जोडे । यसबाहेकका अन्य बंगलादेशी ब्याटरले लय पक्डन सकेनन् ।
बंगलादेशका ओपनर लिटन दासले अर्धशतक बनाउँदा तौहिद हृदोयले १४ र सौम्यले १० रन जोडे । यसबाहेकका अन्य बंगलादेशी ब्याटरले लय पक्डन सकेनन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ सम्हालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनायो ।
अफगानिस्तानका लागि ओपनर रह्मनुल्लाह गुर्बाजले सर्वाधिक ४३ रनको योगफल बनाए । उनले ५५ बलमा ३ चौका र एक छक्का हिर्काएर टिमका लागि सर्वाधिक रन जोडेका हुन् ।
रसिद खानले १९, इब्राहिम जड्रानले १८, अजमतुल्लाह ओमरजैले १० रन बनाए ।
बंगलादेशका रिशाद होसैनले तीन विकेट झार्दा तस्किन अहमेद र मुस्ताफिर रहमानले समान एक÷एक विकेट लिए ।
डिएलएस पद्धतिमा आठ रनले अफगानिस्तानमाथि जित निकालेको अफगानिस्तानले दुई खेलबाट चार अंक जोडेको थियो । पहिलो खेलमा भारतसँग ४७ रनले पराजित उसले त्यसपछिका दुई खेलमा पुनरागमन गर्न सक्यो । दोस्रो खेलमा उसले सनसनीपूर्ण जित निकाल्दै अस्ट्रेलियालाई पराजित गरेको थियो ।
योसँगै अस्ट्रेलियाको सेमिफाइनलमा पुग्ने सम्भावना भने समाप्त भएको छ ।
प्रतिक्रिया