NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

हार्न लागेको खेल जितेर भारत बन्यो विश्वकप च्याम्पियन

काठमाडौं । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका लागि अन्तिम चार ओभरमा २६ रन चाहिएको थियो । चार विकेट गुमेको थियो । क्रिजमा थिए बिष्फोटक ब्याट्सम्यान हेनरिक क्यालन र डेभिड मिलर । जसकारण खेल लगभग भारतले हारिसकेको अवस्था थियो ।
स्पीनरहरु चुटिएपछि १७ औं ओभरमा कप्तान रोहित शर्माले हार्दिक पान्ड्यालाई बलिङको जिम्मेवारी दिए । पहिलो बलमै क्लासन क्याचआउट भए । त्यसपछि भारतीय बलरले यसरी उत्कृष्ट बलिङ गरेकी दक्षिण अफ्रिका खेलमा फर्कनै सकेन । १८ औ ओभरमा जसम्रित बुम्राहले २ रन दिएर एक विकेट लिएका थिए ।
अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई १६ रन चाहिएको थियो । स्ट्राकमा थिए मिलर । बलर पान्ड्या । पहिलो बलमा सूर्यकुमार यादबले बाउन्ड्रीमा उत्कृष्ट ब्याच लिएपछि भारतको जित पक्का भयो । यसरी हारिसकेको खेल भारते सात रनले जितेको हो ।
भारत तेस्रो पटक टी–२० विश्वकप च्याम्पियन बनेको छ ।
खेलमा ७६ रन जोडेका विराट कोहली म्यान अफ दी म्याच भए भने बुम्राह म्यान अफ दी टुर्नामेन्ट बनेका छन् ।

फेरि पनि दक्षिण अफ्रिका अभागी टिम बन्न पुग्यो । उसले अहिलेसम्म विश्वकप जितेको छैन ।