भारतलाई विश्वकप दिलाउने त्यो क्याच

काठमाडौं । भारत तेस्रो पटक टी–२० विश्वकप च्याम्पियन बनेको छ । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै उ २०२४ को च्याम्पियन बनेको हो ।
उसको जितमा सबै खेलाडीको महत्वपूर्ण भूमिका थियो । तर, अन्तिम ओभरको एउटा क्याचले भारतलाई उपाधी दिएको भनेर चर्चा भइरहेको छ ।
अन्तिम ओभरमा स्ट्राइकमा थिए दक्षिण अफ्रिकाका हिटर खेलाडी डेभिड मिलर । भारतका हार्दिक पान्डयालाई कप्तान रोहित शर्माले बलिङको जिम्मा दिए । दक्षिण अफ्रिकालाई १६ रन चाहिएको थियो ।
पहिलो बलमा मिलरले छक्का हान्ने प्रयास गरे । जसमा भारतका सुर्य कुमार यादबले बाउन्ड्रीमा क्याच लिए । त्यो साधरण क्याच थिएन । बाउन्ड्रीमा दौडिएर उनले क्याच लिएका थिए । आफुले बाउन्ड्री छुने लागेपछि बल हावामा फाले । बाउन्ड्री बाहिर गएर फेरि फर्किएर उनले गरेको क्याचकै कारण भारत विजयी हुन पुग्यो । यदी क्याच छुटेको अवस्थामा त्यो छक्का थियो । बाँँकी पाँच बलमा मिलरले १० रन जोड्ने उच्च सम्भावना थियो । जसकारण सोही ब्याचका कारण भारतले विश्वकपको उपाधी जितेको भन्दै सूर्यकुमारको प्रशंसा भइरहेको छ ।
भारतले सो खेल सात रनले जितेर च्याम्पियन बनेको छ ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया