NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १७ गते

विश्वकप जितेसँगै टी–२० अन्तर्राष्ट्रियबाट कोहलीको सन्यास

काठमाडौं । भारतले टी–२० विश्वकप २०२४ को उपाधी जितेसँगै भारतका स्टार खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।

उनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल निकै सुखत हुन पुग्यो । उनको टिमले विश्वकप मात्र जितेन सो खेलका उनी म्यान अफ दी म्याच समेत बने । उनको ७६ रनको पारी भारतका लागि महत्वपूर्ण सावित भयो । म्यान अफ दी म्याचको पुरस्कार लिएपछि उनले भने, ‘यो मेरो अन्तिम टी–२० अन्तर्राष्ट्रिय हो र मैले जे उपलब्धि चाहन्थे, त्यो प्राप्त गरे ।’

१२५ टी–२० अन्तर्राष्ट्रिय खेलेका उनले ४८.६९ को औसतमा ४१८८ रन बनाए। पछिल्लो समय उनको फर्म खस्किदै आएको थियो । फाइनलमा ७६ रन जोड्नुअघि यस विश्वकपका बाँकी खेलमा उनले ७५ रन मात्र जोडेका थिए । यसअघि सन् २०११ मा महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले विश्वकप जित्दा पनि कोहली भारतीय टीमा आबद्ध थिए ।