अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
काठमाडौं । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ ।
सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १–० गोलान्तरमा रोक्दै अर्जेन्टिनाले संघर्षपूर्ण जित निकालेको हो ।
निर्धारित समयमा हार जित हुन नसकेपछि थपिएको अतिरिक्त समयको ११२औं मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै उपाधि दिलाए ।
योसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको १६औं पटक उपाधि जित्ने कीर्तिमान बनाएको छ ।
निकै प्रतिस्पर्धापूर्ण खेलको ६६औं मिनेटमा अर्जेन्टिनाका लियोनल मेस्सीले घाइते हुँदै मैदान छाडेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया