सम्झनाको साहसी ब्याटीङमा एसिया कपमा नेपालको विजयी सुरुवात

काठमाडौं । महिला एसिया कपको पहिलो खेलमा नेपालले यूएईमाथि विजय हासिल गरेको छ । श्रीलंकाको धम्बुलामा भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेपालको जितमा ओपनर सम्झना खड्काले उत्कृष्ट ब्याटीङ गरिन् । अविजित रहेकी उनले ४५ बलमा ७२ रन बनाइन् ।
टस जितेको नेपालले सुरुमा बलिङ रोजेकोमा ११६ रनको लक्ष्य दिएको थियो । ४ विकेट गुमाएर नेपालले १६.१ ओभरमै जित हात पारेको हो ।
नेपालको अबको खेल भारत र पाकिस्तानविरुद्ध छ ।
एसिया कप प्रतियोगितामा नेपालको अहिलेसम्मकै यो पहिलो र ऐतिहासिक जित हो।
ताजा अपडेट
-
भूकम्पपीडितको टहरोमा ढुङ्गा खस्दा दिदी–बहिनीको मृत्यु
-
स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’
-
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी आज स्वदेश फर्किँदै
-
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
प्रतिक्रिया