सम्झनाको साहसी ब्याटीङमा एसिया कपमा नेपालको विजयी सुरुवात
काठमाडौं । महिला एसिया कपको पहिलो खेलमा नेपालले यूएईमाथि विजय हासिल गरेको छ । श्रीलंकाको धम्बुलामा भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेपालको जितमा ओपनर सम्झना खड्काले उत्कृष्ट ब्याटीङ गरिन् । अविजित रहेकी उनले ४५ बलमा ७२ रन बनाइन् ।
टस जितेको नेपालले सुरुमा बलिङ रोजेकोमा ११६ रनको लक्ष्य दिएको थियो । ४ विकेट गुमाएर नेपालले १६.१ ओभरमै जित हात पारेको हो ।
नेपालको अबको खेल भारत र पाकिस्तानविरुद्ध छ ।
एसिया कप प्रतियोगितामा नेपालको अहिलेसम्मकै यो पहिलो र ऐतिहासिक जित हो।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया