NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १६ गते

दशरथ रंगशालामा विवाद, तनाव र सनसनीपूर्ण जितको खुशी

काठमाडौैं । तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले विजयी भएको हो। उपाधिका लागि नेपालले बुधबार बंगलादेशको सामना गर्ने छ।

सनसनी मच्चाउनै नेपाल फाइनलमा पुगेको यो खेलमा निकै तनावपूर्ण भयो । दशरथ रंगशालामा भएको खेलमा भारतको लागि संगीता बास्फोरेले अग्रता बनाएकी थिइन्। लामो विवादपछि नेपालका लागि साबित्रा भण्डारीले गोल गर्दै बराबरी बनाइन्। निर्धारित ९० मिनेटको खेलपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। ६ः३० बजे सुरु भएको खेल विवादपछि ढिला हुँदा ९ः ४५ बजे पेनाल्टी सुटआउटमा पुगेको थियो।पेनाल्टीमा नेपालका लागि साबित्रा, गीता राना, सबिता रानामगर र अमिशा कार्कीले गोल गरे। भारतका लागि मनीषा, पुरुषोत्तम सिर्भोइकरले गोल गर्दा कप्तान असलताको प्रहार पोस्टमा लागेर फर्कियो। चानु सोरोखैबामको प्रहार गोलकिपर अन्जना रानामगरले रोकिन्।

ेदोस्रो हाफमा रेफ्रिले नेपालकी रेखा पौडेललाई रातोकार्ड दिएपछि खेलमा विवाद सुरु भएको थियो । रेखाले बल छोएकोमा अवस्थामा पनि उनलाई कार्ड दिइएको थियो । दुई वटा यल्लो कार्डका कारण उनी मैदानबाट बाहिरिनु परेको थियो । जसकारण करिब १० मिनेट खेल अवरुद्ध भयो ।

खेल सुचारु भएको केही समयमै भारतले गोल हान्यो । त्यसपछि गोल सुरु भएको केही समयमै नेपालले गोल फर्काएको थियो । तर, रेफ्रिले मान्यता दिएनन् । विपक्षी टिम तयार नहुँदै गोल फर्काएको भन्दै विवाद भएको थियो । दर्शकले बोतल समेत प्रहार गरे । जसकारण करिब एक घन्टा खेल रोखिएको थियो । त्यो गोललाई मान्यता नदिए नेपालले नखेल्ने अडान लिएको थियो ।

पनि नेपाल खेल्न तयार भएको थियो । १० खेलमा सिमित भएपनि नेपालले उत्कृष्ट खेल खेल्यो । साबित्राको सानदार गोलपछि खेल बराबरी भएकोमा पेनाल्टीमा नेपाल विजयी भएको हो ।