शिखर धवनले अब कर्णाली एक्सबाट नखेल्ने
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा भित्राइएका उम्दा विदेशी खेलाडी हुन् भारतका शिखर धवन । क्रिकेट प्रेमीहरूले त्रिविस्थित क्रिकेट मैदानमा उनले यसअघि गरेको प्रदर्शन रोमाञ्चित हुँदै नियाले ।
एनपिएलका अबका बाँकी खेलमा भने शिखर नदेखिने भएका छन् ।
कर्णालीसँग शिखरले डिसेम्बर १० सम्म खेल्ने सम्झौता गरेका थिए । उक्त सम्झौताको अवधि सकिएकाले उनी कर्णाली याक्सको अबको खेलमा नदेखिने भएका हुन् ।
याेसँगै विराटनगर किंग्सविरुद्धकाे उनकाे खेल नै एनपिएलकाे याे सिजनका लागि अन्तिम बनेकाे छ ।
नेपालबाट फर्किएर उनी भारतमा हुन गइरहेको लिगमा खेल्ने बताइएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया