शिखर धवनले अब कर्णाली एक्सबाट नखेल्ने

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा भित्राइएका उम्दा विदेशी खेलाडी हुन् भारतका शिखर धवन । क्रिकेट प्रेमीहरूले त्रिविस्थित क्रिकेट मैदानमा उनले यसअघि गरेको प्रदर्शन रोमाञ्चित हुँदै नियाले ।
एनपिएलका अबका बाँकी खेलमा भने शिखर नदेखिने भएका छन् ।
कर्णालीसँग शिखरले डिसेम्बर १० सम्म खेल्ने सम्झौता गरेका थिए । उक्त सम्झौताको अवधि सकिएकाले उनी कर्णाली याक्सको अबको खेलमा नदेखिने भएका हुन् ।
याेसँगै विराटनगर किंग्सविरुद्धकाे उनकाे खेल नै एनपिएलकाे याे सिजनका लागि अन्तिम बनेकाे छ ।
नेपालबाट फर्किएर उनी भारतमा हुन गइरहेको लिगमा खेल्ने बताइएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया