रोहित र जफरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । लुम्बिनी लायन्सले चितवन राइनोजलाई नेपाल प्रिमियर लिग (एनपिएल) मा १६८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले टस हारेर ब्याटिङ सम्हालेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।
लुम्बिनीले १६७ रनको योगफल बनाउँदा कप्तान रोहित पौडेल र साद विन जफर दुवैले अर्धशतकीय पारी खेले । रोहित ५६ बलमा ८२ रन बनाएर आउट हुँदा जफरले ३५ बलमा ५१ रन बनाए ।
त्यसैगरी, अर्जुन साउदले १५ रन र टम मुर्सले १० रन बनाए । यसबाहेकका लुम्बिनीका अन्य ब्याटरले भने दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ रिजन ढकालले ३ विकेट लिँदा कुशल मल्ल र रञ्जित कुमारले समान १/१ विकेट झारे ।
ताजा अपडेट
-
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
प्रतिक्रिया