रोहित र जफरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य
काठमाडौं । लुम्बिनी लायन्सले चितवन राइनोजलाई नेपाल प्रिमियर लिग (एनपिएल) मा १६८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले टस हारेर ब्याटिङ सम्हालेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।
लुम्बिनीले १६७ रनको योगफल बनाउँदा कप्तान रोहित पौडेल र साद विन जफर दुवैले अर्धशतकीय पारी खेले । रोहित ५६ बलमा ८२ रन बनाएर आउट हुँदा जफरले ३५ बलमा ५१ रन बनाए ।
त्यसैगरी, अर्जुन साउदले १५ रन र टम मुर्सले १० रन बनाए । यसबाहेकका लुम्बिनीका अन्य ब्याटरले भने दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ रिजन ढकालले ३ विकेट लिँदा कुशल मल्ल र रञ्जित कुमारले समान १/१ विकेट झारे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया